सुमन कार्की
पाल्पा १७ असोज
तानसेनको वतासेडाँडामा अंग्रेजी नयाँवर्षको आगमन सँगै करुवा होटल सञ्चालनमा आएको छ । तानसेन देखि पाल्पा भैरवस्थान जाने वाटो अन्र्तगत बतासेडाँडामा करुवा होटल सञ्चालनमा आएको हो ।
विगत लामो समय देखी सामाजीक क्षेत्रमा काम गर्दे आएका र पूर्व जनप्रतिनिधि समेत रही सेवा गरी सकेका पाल्पाका युवा विष्णु कार्कीले करिव २ करोडको लगानीमा स्तरीय सेवा सुविधा सहितको होटल संचालनमा ल्याएका हुन् ।
कार्कीका अनुसार हाल सो स्थानमा करुवाको नामवाट होटल संचालन गरिएको र करुवा होटललाई एउटा व्रान्डको रुपमा स्थापित गरि अन्य जिल्लाहरुमा पनि संचालन गरिने जानकारी दिनुभयो ।
होटलको उद्घाटन पाल्पा क्षेत्र नं. १ वाट विजयी हुनुभएका एमालेका माननिय संघीय सांसद नारायण आचार्यले गर्नुभएको हो । अहिलेको यो परिस्थितीमा पनि एउटा स्तरीय होटल संचालन गर्नु भनेको आफैमा चुनौती रहेको वताउदै यस होटलले पाल्पाली पहिचान बोकेको करुवाको नाम वाट सुरु गरेका कारण पनि सफलता हात पार्ने माननिय संघीय सांसद आचार्यले वताउनु भयो । जिल्लामा पर्यटन भित्राउनको लागी पनि एउटा स्तरीय सेवा सुविधा सहितको होटलको ठुलो भुमिका हुने माननिय संघीय सांसद आचार्यले वताउनु भयो । समग्र देशको कानुन तथा निति निमार्णको भूमिकाको साथ साथै पाल्पा जिल्लाको समग्र विकासमा गर्नुपर्ने कामहरुको पहल कदमी समेत गर्ने माननिय संघीय सांसद आचार्यले जनाउनु भएको थियो ।
उद्घाटन कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लामा स्तरीय होटल थपीनु भनेकै पर्यटक वृद्धि हुनु हो भन्दै शुभकामना दिनु भएको थियो । सम्पूर्ण व्यावसायी तथा उद्योगीहरुको हकहितका लागी आफु र आफ्नो संस्था सधै लागी रहने समेत भट्टराईले वताउनु भयो ।
८ वटा स्तरीय रुम सहितको वस्ने खाने राम्रो व्यवस्था सहित स्तरीय सेवा सहित विशेष गरि पाल्पाली करुवाको झल्को मेटिने गरि संचालनमा ल्यइएको संचालक कार्कीले वताउनु भयो । पाल्पाको वतासे डाँडावाट विभिन्न हिम श्रृखलाहरुको अवलोन गर्न सकिने, रानीमहल जान नजिकै पर्ने, भैरव स्थान मन्दिर जाने वाटोमै पर्ने र पाल्पाको श्रीनगर डाँडा नजिकै पर्ने हुदा पनि यस करुवा होटलको राम्रो संभाव्यता रहेको प्रेस चैतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले वताउनु भयो । जसरी पोखराको लेकसाइड प्रख्यात छ त्यसरीनै अव पाल्पाको वतासेडाँडालाई पनि हिमश्रृखला भिउपोइन्टको रुपमा विस्तार गर्दे जानुपर्ने कृष्ण कार्कीको भनाई रहेको थियो । जिल्लाका अन्य होटलको तुलनामा ग्राहकहरुलाई केही फरक टेस्ट दिन सक्ने हो भने करुवालाई एउटा व्रान्ड वनाउन सहज हुने कृष्ण कार्कीले सुझाब समेत दिनु भयो ।
होटको शुभारम्भका अवसरमा ग्राहकहरुलाई पुस महिनाभरि विभिन्न छुट तथा १० प्रतिशत सम्म सहुलियत प्रदान गरिने संचालक कार्कीले जानकारी दिनु भएको छ।














