पाल्पा,१८ पुस ।
भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल,डिजेल,हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५२ पैसा, डिजेलमा २ रुपैया ९५ पैसा, हवाई इनधनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको हो ।
अहिले नेपालमा प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल,मट्टीतेल १ सय ७५ मूल्य कायम गरिएको छ । निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ६ अर्ब रहेको निगमले जनाएको छ ।













