१७ पुस, झापा ।
झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेकी ६१ वर्षकी कृष्णमाया भण्डारी रहेको प्रहरीले जनाएको छ ।आइतबार बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हात्तीले घर भत्काउँदा भण्डारीका श्रीमान् शान्तिराम भण्डारी घाइते भएको र उनको उपचार दमक अस्पतालमा भइरहेको छ ।













