बिकाश काफ्ले
पाल्पा १५ पुष
पाल्पा जिल्ला को माथागढी गाउँपालीका अन्तरगत वाड नम्बर १ चिदीपानीमा अबस्थित चिदीपानी आयुर्वेद औषधालयको संचालक तथा व्यवस्थापन समिति गठन गरिएको छ । बिहीबार भएको भेला बाट गाउँपालीका अध्यक्ष यम बहादुर चिदी संरक्षक, वाड अध्यक्ष राजकुमार पन्थी अध्यक्ष, निर्वाचित महिला सदस्य तुल्सा न्यौपाने,उपाध्यक्ष भुपती प्राथमिक बिद्यालय प्रधानाध्यापक प्रेम चन्द्र थापा, सदस्य स्थानीय व्यापारी प्रतिनिधि बिष्णु ब.गाहा,सदस्य स्वास्थ्य स्वयम सेविका प्रतिनिधि माया न्यौपाने, सदस्य बडा कार्यालयबाट नवराज पन्थी, आयुर्वेद औषधालय प्रमुख अमृत भण्डारी सदस्य सचिव,आमन्त्रित सदस्यहरूमा जनजातिबाट मिना सारू, जेष्ठ नागरिकबाट पूर्ण बहादुर सारू, किशोर र किशोरीबाट कमल गाहा चुनीएका छन्। समिति गठन भए सगै आयुर्वेद औषधालयको पुर्वकर्म र पञ्चकर्मकार्यको लागि हल ब्यवस्थापन भवनको रंग रोगन र ट्रस्ट निर्माण गर्न स्वास्थ्य क्लिनिक संचालन गर्न सशर्तबाट बजेट नभएको हुदा सबै कार्यको लागि आवश्यक बजेट माग गर्ने समितिले निर्णय गरेको समितिका सदस्य सचिव अमृत भण्डारी जानकारी दिए ।













