१३ पुस, धनगढी ।
कैलालीमा ९ किलो चरेस सहित एक युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका २ बसपार्क स्थित नवीन होटलबाट ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्राम चरेस सहित उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनकाअनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो ।
अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













