

पाल्पा,१२ पुस
तानसेन ५ धरमपानीमा रहेको करिव १ सय २० वर्ष पुरानो धरमपानी दरवार जुद्ध शमशेरको पालामा निर्माण गरिएको थियो । यो दरवारलाई द्वन्दकालमा माओवादीले कब्जामा लिएर आफ्ना कार्यकर्ता बसालेका थिए ।
शान्ती सम्झौता भएसंगै धरमपानी दरवार टिका पौडेललाई फिर्ता गरिएको थियो । कलात्मक शैलीका पुराना घर दरवार जीर्ण बन्दै गएको अवस्थामा यसको संरक्षण गर्नु पर्छ भन्ने उद्वेश्यका साथ दरवारलाई केही वर्ष अगीसम्म पौडेलले पुरानै दरवारकै स्वरुपमा राखी रिसोर्टको रुपमा संचालनमा ल्याएका थिए । बिचमा आन्तरीक कारणले केही समय रिसोर्ट संचालनमा आउन सकेको थिएन भने अहिले रिसोर्ट पुन सञ्चालनमा ल्याएका छन् ।
रिसोर्ट थप सेवा सुविधा सहित पुनःसञ्चालनमा ल्याएको संञ्चालक टिका पौडेलले बताए । हरेक महिनाको १५ गते दोहोरी साँझ समेत सञ्चालन गर्ने तयारी रहेको पौडेलले जानकारी गराए । रिसोर्ट सञ्चालन सगै यसले पाल्पा जिल्लामा थप पर्यटक भित्राउन टेवा पुग्ने संचालक पौडेलले वताए ।