बिश्वश घिमिरे
रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले पुनः मतदान गर्नु पर्छ भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
पौडेलले मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छन । उनले बाणिज्य क्याम्पसको बुथ ज र बुटवल १२ को चारवटा बुथमा पुन मतगणना र मतदानको माग गरेका हुन् । उनले बिष्णु पौडेलको सपथ रोक्न र संसद जान समेत नदिन माग गर्दै रिट दायर गरेको बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ।
मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। मतघणनाको क्रममा खसेको मत भन्दा वढी मतपत्र भेटिएपछि मतगणना केहीवेर रोकिएकाृ थियो भने विरोधकै विचमा पनि मतगणना जारी गरि चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३६६ मतले गणेश पराजित भएको घोषणा गरिएको थियो।













