पाल्पा ,२० मंसिर
रामपुर नर्सरी एण्ड एग्रो फार्म रामपुर ४ देविस्थानलाई रामपुर नगरपालिकाले सहयोग गरेको छ। जिल्लामा पुष्प व्यवसायलाई बढावा दिनको लागि रामपुर नर्सरी लाई सहयोग गरेको हो। फुल भण्डारणमा सहयोग पुर्याउने उद्धेश्यले व्यवसायिक फुल खेतीमा लागेको रामपुर नर्सरी एण्ड एग्रोलाई चिलर मेसिन –फ्रिज अनुदानमा प्रदान गरिएको नगरप्रमुख रमण बहादुर थापाले वताए। थापाले पाल्पामा चिल्लर फ्रिजको उद्घाटन तथा फार्मको अनुगमन गर्नु हुँदै व्यवसायिक फुल खेति, तरकारी खेति, पशुपालन, कृषि लगायतको क्षेत्रमा काम गर्ने किसानलाई प्रोत्साहन नगरपालिकाले गर्दै आइरहेको वताए ।
उहाँले फुल खेतीबाट व्यवसायीक रुपमा संचालक सफल भई नगरलाई नै चिनाउने माध्यम बनेको जानकारी दिएका छन् । फूलमालाको व्यवसायीकता बढे संगै लामो समय सम्म फूल सुरक्षीत राख्नको लागि नगरपालिकाले फ्रिज अनुदान दिएको थापाले जानकारी गराए । नगर प्रमुख थापाले आगामी दिनमा बजारको माग अनुसारको उत्पादन गर्न आग्रह गर्दै व्यवसाय प्रर्बद्धनका लागि नगरपालिकाले सहयोग गर्ने वताएका छन् ।
नगरपालिकाले फार्मलाई चिल्लर फ्रिज खरिदका लागि २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । नगरपालिकाको २ लाख र फार्मको ५६ हजार ९ सय लागतमा चिल्लर फ्रिज खरिद गरिएको सञ्चालक दिल बहादुर थापालेवताए। संचालक दिलबहादुरले फ्रिज ल्याए पछि टिपेर राखेको फूल ओईलिन्छ कि भन्ने चिन्ता समेत हटेको जनाए।
फार्मको जिल्ला समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल , नगर उपप्रमुख बाल कुमारी थापा , प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने , रामपुर ४ का वडा अध्यक्ष राम बहादुर राना लगायतले अवलोकन गरेका थिए।













