पाल्पा २१ मंसिर
अनुरागी शिव भट्टराई ।
लोकप्रीय गायक यानप्रसाद न्यौपाने र बिष्णु माझिको आवाजमा एकदमै मार्मिक गित अंगालो भर्खरै बजारमा सार्बजनिक भएको छ। वैदेशिक रोजगारीको लागि बिदेशियका युवाको दुर्घटनाको बिषयलाइ लिएर बनेको उक्त गितले छोटो समयमै युटुवमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
लामो समयदेखी नेपाली लोक गित संगितको बजारमा चर्चामा रहेका गायक यानप्रसाद न्यौपानेको उत्कृष्ट लय तथा शब्द शृजनमा तयार भएको गितमा न्यौपाने संगै बिष्णु माझिको आवाजले झनै रौनकता थपेको छ। प्रीज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितमा एरेन्ज भने श्यामस्वेत रसाइलिको रहेको छ।
लोकप्रिय गायिका तथा मोडल टीका सानुसंगैको अभिनयमा देखिएका यानप्रसाद न्यौपानेको अभिनयलाइ पनि धेरैले युटुवमार्फत राम्रो प्रतिक्रिया दिइरहेका छन। निशान बानियाले निर्देशन गरेको उक्त भिडियो महेश महराले छायांकन गरेका हुन। पानस फिलिम्सले बजार व्यवस्थापन गरेको म्युजिक भिडियो यान प्रसाद न्यौपाने युटुव च्यानलमा हेर्न सकिन्छ।













