पाल्पा, मंसिर १ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुमन गैरेले पत्रकार सम्मेलन गर्दे १ हजार ५ सय मतले विजयी हासील गर्ने वताएका छन् । स्वच्छ प्रतिष्पर्धाको आधारमा चुनाव हुने र आफु र आफ्नो पार्टी प्रतिको जनताको विश्वासको आधारमा प्रन्ध्र सय मतले आफु विजयी हुने वताए। विहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा गैरेले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले आसान्न मंसिर ४ को निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको बताएका छन् । पत्रकारहरुको जिज्ञासा मेटाउदै गैरेले जनतालाई झुट्को खेती र ठुला ठुला आश्वासन नवाढी उनीहरुको सेवाको निमिक्त स्वच्छ रुपमा चुनाव जित्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको वताए । राष्ट्रिय स्वतन्त्र पाटीले बरु निर्वाचनमा हार बेहोर्न तयार छौं तर कसैलाई आरोप पत्यारोप लगाउने र जनतालाई झुुट्टा प्रचार नगर्ने गैरेले वताए ।
कसैके भोटकाट्न चुनावी मैदानमा नआएको भन्दै जनता स्वयमले स्वविवेक प्रयोग गरि अरुको भोट काट्ने गैरेले वताए । जसको आधारमा पनि चुनाव जित्ने राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा रहेको वताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विष्णु भण्डारीले आफ्नो पार्टी नयाँ जन्मीएको भएता पनि जनताहरुले परिर्वतन चाहेको र आफुले एक पटक स्वतन्त्र उम्मेदवारको रुपमा स्थानिय तहको निर्वाचनमा परिक्षा दिएर आएको अनुभवको आधारमा पनि चुवाव जित्ने धेरै आधारहरु रहेको वताए । आज सम्म पाल्पाली जनताहरु पछि पर्नुको मुख्य कारण उम्मेदवारहरु चुनावपछि फर्किएर आफ्नो क्षेत्रमा नआएकै कारण वताउदै आफ्नो पार्टीले त्यो गल्ती नहोरोरयाउने वताए ।
कार्यक्रममा पत्रकार भरत शर्मा, यज्ञ मुर्ति तिमिल्सेना, नारायण न्यौपाने,माधव अर्याल,प्रकाश नेपाल,मुक्ति न्यौपाने,विजय वौडेल,पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखीराम राना लगाएतले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रम नगर संयोजक जीवन पाण्डेयको संचालनमा भएको थियो ।