कार्तिक ३०,पाल्पा ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा पाल्पामा स्वतन्त्र पार्टीको माहोल पनि राम्रो बन्दै गएको छ । झण्डै २ महिना अघि पाल्पामा संगठन विस्तार गरेको राष्ट्रिय स्वतन्त्र पार्टीे पाल्पाको शक्ति चुनाव नजिकीए संगै दिन प्रतिदिन बढेको देखिन्छ । सुक्ष्म चुनावी अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार ठुला राजनीतिक दलबाट खास विकास योजनाको महसुस नगरेका मतदाताहरुका लागि राम्रो विकल्पको रुपमा स्वतन्त्र पार्टी बनेको छ ।
यति खेर घरदैलोमा उम्मेदवार संगै दौडीरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बगनासकाली गाउँपालिका संयोजक रविन्द्र घिमिरेले आश्वासनका ठुला पोका बाँडेर अर्को चुनाव सम्म बिर्सने नेताका पछाडि लाग्नु भन्दा आश्वासन नबाँडने संग रहनु राम्रो लागेर पार्टीमा लागेको बताउनुभयो । वितृष्णा पालेर कसैको पछि लाग्नु बेकार हुने र राम्रो छवि भएको रविनै ठिक लागेको घिमिरे वताउछन् । संस्था आँफैमा खराव नहुने भन्दै ब्यक्ति केन्द्रित नेतृत्व हेर्नुपर्ने घिमिरेको धारणा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीेमा अधिकांश युवा तथा वुढाबुढीभएका आमा बुवाहरुले मत हाल्ने आधार पाएको उम्मेदवार सुमन गैरेको दावी छ । गैरेले आफ्नो अभियानमा यस्तो तथ्याङक निकालेको दावी समेत गर्नुभयो । साथै विभिन्न पार्टीवाट असन्तुष्ट व्यक्तिहरुले पनि साथ दिने आश्वासन पाएको कारण उनीहरुको मत पनि बढिरहेको छ । जसका कारण जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीेले आधार बनाइसकेको गैरे वताउनु भयो।
आफुहरु जनताका आधारभूत आबश्यकतालाई प्राथमिक्तामा राख्दै कुनै पनि ठुला आश्वासन नवाढी क्षेत्र नं.२ का सवै वडाहरुमा घरदैलोमा हिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीेका जिल्ला अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिनुभयो । अव राष्ट्रिय स्वतन्त्र पार्टीेका प्रतिनिधिसभा सदस्यका लागि सुमन गैरे जितको नजिक पुगीसकेको भण्डारीले दावी गर्नुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीे लाई पालिका स्तरका विभिन्न ठुला दलका नेताहरुको साथ समेत रहेको जानकारी गराउनु भयो ।













