पाल्पा,मंसिर ०१
सुमन कार्की
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा सुरक्षा कर्मी सहित कर्मचारी मतदानस्थलका लागि खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि सुरक्षाकर्मी सहित मतदान अधिकृत सहितको टोलि निर्वाचन सामाग्री सहित खटिएका हुन । २ निर्वाचन क्षेत्रमा ११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । निर्वाचन सहज रुपमा सम्पन्न गराउन आवश्यक निर्देशन र आचारसंहितको बारेमा जानकारी गराई मतदान प्रक्रियालाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन मतदान अधिकृतको टोलि खटिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।
मतदानका लागि आवश्यक पर्ने छेकबार,मतपत्र,मतपेटीका,स्वस्तीक चिन्ह र आवश्यक सामाग्री सहित मतदान अधिकृत सम्बन्धीत मतदान केन्द्रमा खटिएको क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी , आवश्यकता अनुसार सुरक्षा कर्मी परिचालन गरिएको वताउनु भयो । हरेक पालिकामा मोबाइल गस्ती समेत सुचारु भैसकेको पनि थापाले वताउनु भयो ।
प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् । जिल्लाको निर्वाचन सम्पन्न गराउन स्वयसेवक बाहेक एक हजार हारहारीमा नेपाल प्रहरी सँगै सश्स्त्र प्रहरी,नेपाली सेना खटिएका हुन् ।













