पाल्पा ३० कार्तिक
पाल्पाको निस्दी गाउँपालिकामा एक वृद्धको लास भेटिएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल, भोर्माका ६४ वर्षीया मोहन सिं खाम्चाको लास रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
मंगलबार बेलुकी सम्म पनि घर नआए पछि परिवारले छिमेकीलाई खबर गरेको र खोजी गर्दा खाम्चालाई चिलाउनीको रुखमा झुन्डिएको अवस्थामा भेटेको स्थानीयले बताएका छन् । खाम्चाको लास भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खाम्चाको शव बुधबार बिहान पोस्टमार्टमको लागि रामपुर अस्पतालमा लगीएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएकोछ ।













