पाल्पा , ३० कार्तिक
पाल्पामा कमल थापा निकट उम्मेद्बारले पाटि छाडेपछि राजेन्द्र लिङ्देल निकट उम्मेद्बार राजु गैरेले नै पाटि छाडे भन्ने भ्रम सिर्जना भएकोमा एक प्रेस विज्ञप्ती मार्फत सो भ्रममा नपर्न राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिको कार्यालयले जानकारी गराएको छ।
कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल निकट प्रतिनिधि सभा सदस्य उम्मेद्बार खडानन्द गैरेले राप्रपा नै छाडि नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाल्पामा चर्चामा रहेका प्रदेश सभा सदस्य राजेन्द्र लिङ्देल निकट राप्रपाका उम्मेद्बार राजु गैरे ले नै पाटि छाडेको भन्ने खालको भ्रम सिर्जना भएको र यस भ्रमले राजु गैरेको पक्षमा उभिएका मतदाताहरु समेत निरास हुन पुगेको उम्मेद्बार गैरेले जनाउनु भएको छ ।
गैरेले बिपक्षीहरुले आफ्नो लोकप्रियतालाई कमजोर पार्ने मौकाका रुपमा यो भ्रमलाई झन चर्काउने काम गरेको र आफ्नो पक्षको मत तान्ने खेल खेलेको समेत बताउदै उहाले आम मतदाताहरुलाई भ्रममा न परि आफ्नो चिन्नमा मतदान गर्न अनुरोध समेत गर्नु भएको छ ।














