पाल्पा २८ कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेम सारुले विकासको कामलाई तीव्र रुपमा अगाडि बढाउने बताउनु भएको छ । सारुले जनताले महसुस गर्ने गरी एमालेले विकासका योजना ल्याएकोले सूर्यमा मतदान गर्न घरदैलो कार्यक्रममा जनता संग अनुरोध गर्नुभयो ।
चुनाव नजिकीए सगै सारुले आफ्नो प्रचार प्रशारलाई तिव्रता दिदै उम्मेदवार सारु पूर्वखोला गाउँपालिका वडा नंं ५ विरकोट क्षेत्रका मतदाताको घरदौलोमा व्यस्त हुनुहुन्छ । उम्मेदवार सारुले जेष्ठ नागरिकहरुको हेरचाह गर्ने पार्टी एमाले रहेको, सबै जेष्ठ नागरिकहरुले सूर्यमा मतदान गर्न आतुर रहेको बताउनु भयो । उहाँले मतदाताको सुझावलाई आत्म साथ गर्दै अगाडि बढ्ने बताउदै सडक निर्माण तथा स्तरोन्नतिमा पहिलो प्राथमिकता दिई काम गर्ने बताउनुभयो ।
लामो समय शैक्षिक क्षेत्रको विकासमा क्रियाशील सारुले विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउदै प्राविधिक र व्यावसायिक शिक्षाको हवका रुपमा पूर्वखोलालाई स्थापित गर्ने बताउनुभयो । यसका साथै कृषि क्षेत्रको विकास,बन्यजन्तु नियन्त्रणका लागि नीतिगत व्यवस्थाका लागि आफ्नो पहल रहने बताउनुभयो । उहाँले भौगोलिक रुपमा बस्तीहरु डाँडामा रहेका स्थानमा खानेपानी समस्या समाधानका लागि लिफ्टिङ खानेपानी आयोजनाहरु सञ्चालनमा ल्याउने, युवा स्वरोजगारमुखी कार्यक्रमका लागि पहल गर्ने , बेरोजगारी न्यूनीकरणका लागि होमस्टे कार्यक्रम ल्याउने बताउनुभयो ।
उम्मेदवार सारुले युवाहरुको खेलकुद प्रतिको आर्कषणलाई मध्यनजर गरी खेलमैदान निर्माण गर्ने, विभिन्न प्रतियोगिता सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत बताउनुभयो । उहाँले जनताले विकासका लागि दिएको मतको अवमुल्यन नगरी जनतासंगै रहेर काम गर्ने समेत बताउनुभयो ।













