पाल्पा,२९ कार्तिक
जिल्ला प्रशासन कार्यालय पाल्पाले मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलार्इ मध्यनजर गर्दै जिल्ला भरिनै मदिराजन्य पदार्थको खरिद विक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले एक सूचना जारी गर्दै जानकारी दिनुभयो ।
पन्थले भोली कार्तिक २९ गतेदेखि प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतगणना नसकिदा सम्म पाल्पामा कुनै पनि प्रकारको मदिरा खरिद विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको र कसैले सूचना विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जानकारी विज्ञप्तीमा मार्फत जानकारी गराउनु भयो ।
मंसीर ४ गते हुनलागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि यो निर्णय गरिएको प्रशासनले व्यवसायी तथा आम सर्वसाधारणको सुचनाकोलागी जानकारी गराएको छ ।













