सुमन कार्कीपाल्पा २९ कार्तिक ।
![]()
नेपालको ताजमहल भनेर चिनिने रानी महलको संरक्षणमा सम्बन्धित निकायले चासो नदिएको भन्दै दरबार हेर्न आउने पर्यटकले गुनासो ब्यक्त गरेका छन् । नियमित सरसफाई र रंगरोगन नहुदा ऐतिहासिक रानीमहल दरबार यती बेला कुरुप बन्दै गएको छ । बिशेष गरी दरबारको बाहिरी भागमा अहिले झ्याउ पलाउने, कतिपय भागहरु भत्किने अबस्थामा छन् ।
बिदाको दिनमा ३ देखी ५ हजार सम्म पर्यटक घुम्न आईपुग्ने रानीमहलमा नगरपालिकाले प्रवेश शुल्क बापत प्रति ब्यक्ती ५० रुपैया लिदै आएको छ । शुल्क लिने तर संरक्षण कुनै चासो नदिने गरेको दरबार हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बताउछन् । लामो समय सम्म पनि दरवार सरफाई तथा रंगरोगनमा ध्यान नदिएकोमा स्थानिय समेत आक्रोशीत छन् । वारम्वार नगरपालिकामा गुनासो गर्दा पनि सुने नसुनेझै गरि वसवेको स्थानिय वासीको गुनासो छ ।
![]()
दुई बर्ष अगाडी २५ लाख बढी रकम खर्च गरेर दरबारको मर्मत, रंगरोगन, अन्य भौतिक ब्यवश्थापन गरिएको थियो तर केही समयमै दरबारको बाहिरी भाग कुरुप हुन पुगेको छ । रातीमा समेत हेर्न सकिने भनेर सोही अनुरुपको ब्यवस्था गरिएको भए पनी बेलुकी ५ बजेनै दरबार बन्द हुदा रात्रीकालिन दृश्य हेर्न जाने पर्यटक निराश हुने गरेका छन् । तानसेन नगरपालिकाको मातहतमा रहेको दरबारको संरक्षण गर्ने दायित्व पनी नगरपालिकाकै भए पनी प्रवेश शुल्क मात्र लिने तर संरक्षणमा चासो नदिएको बुटवलवाट घुम्न आउनु भएको पर्यटक बिन्दा आचार्यको आरोप छ ।
![]()
बिशेष गरी यो समयमा बढी पर्यटक पुग्ने रानीमहलमा नेपालबाट मात्र नभएर भारत तथा तेस्रो मुलुकका हजारौ पर्यटक पुग्ने गरेका छन । पुराना तस्बिर हेरेर यहा पुग्ने पर्यटक दरबारको अहिलेको अबस्था देख्दा निराश बनेर फर्किने गरेका छन् । यता नगरपालिकाले भने अब छिट्टै मर्मत संभार र रंग रोगनको कार्य अघी बढाइने बताएको छ ।
शुल्क मात्र लिने तर मर्मत सम्भारमा उदासिन बन्ने नगरपालिकाको कार्य प्रती स्थानिय व्यापारी समेत आक्रोशित देखिन्छन् । नेपाल सरकारले १०० नयाँ पर्यटकिय गन्तब्यको रुपमा रानिमहललाई समेत उल्लेख गरेको छ । जिल्लाको मात्र नभएर देशकै गहनाको रुपमा रहेको रानीमहलको संरक्षणमा संबन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।













