

पाल्पा, २८ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीको पाल्पा क्षेत्र नं.(२) १ का प्रदेशसभा सदस्य पदका युवा उम्मेद्वार राजु गैरेले राष्ट्रियताको रक्षा र विकासको लागि राप्रपाको जीत आवश्यक रहेको बताउनुभएको छ । जिल्लाको विभिन्न स्थानमा घरदैलो तथा सभामा उहाँले आफू काँग्रेस र एमालेका उम्मेद्वारलार्इलाई हराउन उठेको नभइ आफ्नोे एजेन्डा जनतामाझ लिएर आएको मात्र हो भन्दै पाल्पाली मतदाताले सोंचेर भोट दिनुहुनेमा आफु आशावादी रहेको वताउनु भयो ।
गैरेले पाटी भन्दा ठुलो देश भएकोले देशको विकासको लागि सहि नेतृत्व चाहिने भएकाले त्यसको नेतृत्व राप्रपाले बाहेक अरुले गर्न नसक्ने भएकाले देशलाई गद्दार नगरी सच्चा रुपमा देश विकासमा राप्रपाको जित आवश्यक रहेको बताउनुभयो ।
जनताको साना साना दैनिकी जीवनसंग जोडीएका आबश्यकतालाई मात्र नभई समग्र राष्टको हीतकोलागी आफु र आफ्नो पार्टीलाग्ने गैरेले वताउनु भयो ।
घरदैलो कार्यक्रममा केन्द्रीय समानुपातिकका उम्मेद्वार डुलबहादुर कुँवर लगायतका नेताहरुले घरदैलो गर्दै हलोमा मतदान गर्न जनताहरुलाई आग्रह गर्नुभएको छ ।