सुमन कार्की
पाल्पा २८ कार्तिक
चुनाव नजिकीए सगै पाल्पामा यति खेर चुनावी माहोल तातीरहेको छ । पाल्पाका उम्मेदवारहरु घरदैलोमा मात्र सिमित नभई खेतवारी सम्मै पुगीरहेका छन् । २ निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा ४५ जनाको उम्मेदवारी सगै सवै चुनावी मैदानमा आ आप्न मुद्धा लिएर जनता समक्ष पुगीरहेका छन् भने यता जिल्ला निर्वाचन कार्यालयले पनि तयारीको कामलाई तिव्र पारिसकेको छ । जिल्ला निर्वाचन अधिकृत रुक्मागत अर्यालले म्यादी र सुरक्षा कर्मीवाहेक २ निर्वाचन क्षेत्रको लागी २ हजार ९ सय ५५ कर्मचारी खट्ने तयारी भएको जानकारी दिनुभएको छ । निर्वाचनकोलागी आबश्य सवै सामानहरु प्याकिङ्ग भैसकेको र सम्बन्धीत मतदान केन्द्रमा लग्ने तयारी भैरहेको अर्याल वताउनु हुन्छ । अहिले सम्म ९५ प्रतिशत भन्दा वढि तयारीको काम सक्की सकेको र मंसिर १ गते सम्म सवै निर्वाचनकोलागी आबश्यक कर्मचारी सहितको साम्रगी मददान केन्द्रमा पुगी सक्ने अर्यालले वताउनुभयो । दुवै क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुकोलागी तालिम पनि सकीसकेको छ ।
सवै पालिकाहरुमा मतदाताशिक्षा पनि संचालन भैरहेको र यस पटक अस्थाई मतदाता नामावलीमा नाम भएका मतदाताहरुकोलागी २ वटा मतदान केन्द्र राखिएको छ जहाँ राष्ट्रसेवक कर्मचारी,सुरक्षा कर्मी म्यादी प्रहरीले तथा मतदानमा खटिएका कर्मचारीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फमात्र मतदान गर्न पाउने व्यवस्था रहेको अर्यालले जनाउनु भयो । जिल्लामा २ हजार ९ सय २१ अस्थाई मतदाता रहेका छन् । जिल्लामा कुल मतदाता संख्या २ लाख १ हजार ३ सय २६ मतदमाता रहेका छन् । जसमध्ये महिला १ लाख ३ हजार १ सय १८ र पुरुष ९८ हजार २ सय ८ जना रहेका छन् ।
२ क्षेत्रमा कुल १ सय १८ मतदानस्थल र २ सय ४६ मतदान केन्द्रतोकीएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नं १मा ९६ हजार ३३ जना मतदाता रहेका छन् जहाँ ५२ मतदानस्थल र ११५ मतदान केन्द्र तोकीएको छ ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नं।२मा १लाख ५ हजार २ सय ९३ जना मतदाता रहेका छन् जसकोलागी ६६ मतदानस्थल र १ सय ३१ वटा मतदान केन्द्र रहेको छ ।पाल्पामा ११८ मतदान स्थलमध्ये जिल्ला निर्वाचन सुरक्षा समितीले २९ वटा मतदान स्थललाई अति संवेदनशिल, ५० वटा स्थल संवेदनशिल र ३९ वटा सामान्य गरी छुट्याएको छ ।
निर्वाचनकोलागी जिल्लामा ७ सय ९ जना प्रहरीवलको आवश्यक पर्ने जिल्ला प्रहरी कार्याल पाल्पाले जनाएको छ । जसमध्ये ३८५ जना जिल्लामै रहेको र नपुग २९५ थप प्रहरीवल आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनकोलागी ७०९ प्रहरी र १२१५ जना म्यादी गरी १९२४ प्रहरी खटाइएको छ । जिल्लाको मतदान स्थललाई सामान्य,संवेदनशिल र अति संवेदनशिल गरि ३ भागमा छुट्याइएको छ सोही अनुसारको सुरक्षा व्यवस्था अनुसार सामान्यको लागी ३ जना प्रहरी र ५ जना म्यादी, संवेदनशिलको लागी ३ जना प्रहरी र ७ जना म्यादी, अतिसंवेदन शिलकोलागी ३ जना प्रहरी र ९ जना म्यादी गरि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डि.एस.पि. विरेन्द्र थापाले जानकारी दिनु भयो । एउटै मतदान स्थलमा अन्यपनि मतदान केन्द्र हुने हुदा त्यस्तो स्थानमा थप दुई दुई जनाको दरले सुरक्षा थप गरिने गरि व्यवस्था गरिएको थापा वताउनु हुन्छ ।
एउटा पालिकाको लागी २ वटा मोवाईल गस्तीटोली र रिजवटोलीको व्यवस्था गरि शसस्त्र प्रहरीवल र नेपाली सेनाको समन्वयमा संचालन भैसकेको सुचना अधिकारीले वताउनु भयो ।
जिल्लामा अतिसंवेदनशिल मतदान स्थलहरु पनि रहेको कारणले सुरक्षा व्यवस्थालाई नेपाल प्रहरी,म्यादी प्रहरी, शसस्त्र प्रहरीवल र नेपाली सेना गरी कडा पारीएको जिल्ला प्रमुख जगन्नाथ पन्थले वताउनु भयो । जिल्लालाई आबस्यक थपजनशक्ति सवै आइसकेको र अधिकाम्स सुरक्षाकर्मीहरुलाई मतदान स्थलतर्फ खटाईसकिएको र वाकि केही दिनमा जाने पन्थले जानकारी दिनु भयो । यसपटकको चुनावी सुरक्षा घेरामा मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरीवल र तेस्रो घेरामा नेपाली सेना रहने गरी सुरक्षालाई व्यवस्थापन गरिएको जिल्ला प्रमुखले वताउनु हुन्छ । जिल्लाका सवै मतदान स्थलहरुमा मोबाई गस्ती सुरु गरि सकिएको पन्थले जानकारी दिनु भयो ।
पाल्पा क्षेत्र नं २ वाट प्रतिनिधि सभा र प्रदेश गरि जम्मा २५ जना उम्मेदवार हुमीएका छन् भने क्षेत्र नं.१ वाट २० जना हुमीएका छन् । यस मध्ये आगामी ४ गतेको निर्वाचनवाट ६ जना निर्वाचित हुने छन् ।













