कार्तिक, २८
पाल्पा जिल्लाका मतदान केन्द्र रहेका विद्यालयहरु पाँच दिनसम्म बन्द हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले एक सूचना जारी गर्दै आगामि मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि विद्यालयमा मतदान केन्द्र रहेने र १ गते नै कर्मचारी र सुरक्षाकर्मीहरु विद्यालयमा पुगेर आवश्यक तयारी गर्ने पर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा समन्वय अधिकारी महेन्द्र सुवेदीले राष्ट्रिय न्युज डटकमलाई बताउनुभयो ।
सुवेदीका अनुसार विद्यालयमा १ गतेदेखि ४ गतेसम्म विद्यालयको पठन पाठन स्थगित गरी सहयोग गर्ने निर्णय भएको छ ।













