वुटवल २६ कार्तिक
हेल्पर केयरिङ सर्कलको आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेलले युवाहरुको सक्रियतामा हुने सम्पूर्ण राम्रा सामाजिक कार्यमा सधैं साथ र सहयोग रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा राम्रा खालका सामाजिक कार्य गर्न समेत आग्रह गरे । क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्न्को लागि सधै आफ्नो साथ रहने वताए। कार्यक्रममा वोल्दै पौडेलले ,अहिले देशले परिवर्तन चाहेको छ र त्यो परिवर्तनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको वताए ।
कार्यक्रमका अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आबश्यक्ता रहनु पर्ने वताए । आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र विभिन्न सामाजिक काम गर्ने लक्ष्य रहेको क्लवको अध्यक्ष घिमिरेले जानकारी दिए।
हेल्पर केयरिङ सर्कल क्लबको कोषाध्यक्ष गणेश खरेलको शुभकामना मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन क्लवका सदस्य महेश ज्ञवालीले गरेका हुन् ।कार्यक्रममा डाईरेक्टर रेशम खड्का लगाएत क्लवका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो।













