कार्तिक २५,पाल्पा
पाल्पामा निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । पाल्पामा दि फेमस महेन्द्र दल ब्यारेक नागपोखरी तानसेन ६ र जिल्ला कारागार तानसेन ६ लाई समानुपातिक मतदानको लागी अस्थायी मतदान केन्द्र तोकेको हो ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा तर्फको समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको छ। आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो । जिल्लामा २ हजार ९ सय एक्काईस अस्थाई मतदाता रहेका छन् ।













