कार्तिक, २५
पाल्पा– पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मसुरेमा बामलोकतान्त्रिक गठबन्धनको घरदैलो तथा चुनावी सभा भएको छ । यस सभामा बामलोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगरले यस क्षेत्रको पर्यापर्यटन विकास र आयस्तर वद्धिमा लाग्ने उहाँले बताउनु भयो ।रिब्दीकोट गाउँपालिकाको विकास निर्माणमा आफू पहिलो पटक निर्वाचित भएपछि धेरै काम गरेको बताउँदै बाँकी कामहरु सम्पन्न गर्नका लागि पुनः आफूलाई मत दिन तुलाराम घर्ती मगरले आग्रह गर्नुभयो ।
उहाँले यस क्षेत्रमा रहेको खानेपानी, सिंचाई यातायात, लगायतका अन्य समस्या समाधानमा आफूले काम गर्ने बताउनुभयो । एक घर एक धारा, सिंचाई सहित गाउँमै स्वरोजगार र आयआर्जन बढाउनको लागि कृषि, पशुपालन लगायतका क्षेत्रमा दीर्घकालिन गुरुयोजनाबनाएर काम गर्ने घर्ती मगरले बताउनुभयो।
रिब्दीकोटको भैरवस्थान मन्दिर पर्यटकीय क्षेत्र अझ उत्कृष्ट गन्त्वय बनाउने भन्दै नेता घर्तीले यहाँका अन्य क्षेत्रमा समेत पर्यापर्यटन विकास र जनताको आयस्तर वृद्धिमा लाग्ने जानकारी दिनुभयो । माओवादीको दशवर्षे जनयुद्ध, २०६२।६३ को आन्दोलन लगायतका आन्दोलनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकोले अवस्था परिवर्तनको लागि आफूहरुले बाम लोकतान्त्रिक गठबन्धन गरिएको रकार्यक्रममा बामलोकतान्त्रिक गठबन्धनमा आवद्ध दलका नेताहरुले समेत अहिले गठबन्धनमा मत दिन जनतलाई आग्रह गर्नुभयो, उहाँहरुले पहिले एमालेलाई दुईतिहाइ मत दिएपनि जनमत कुल्चेर फालेका कारण अहिलेको गठबन्धन भएको घर्तिले बताउनुभयो ।













