पाल्पा ७ कार्तिक ।
पाल्पा क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नारायण प्रसाद आचार्यले पाल्पाको पूर्वीभेगको विकास नेकपा एमालेको संकल्पका आधारमा अगाडि बढेको बताउनु भएको छ । चुनाव लक्षित अनौपचारीक कार्यक्रममा आफ्नै जन्मथलो पूर्वखोला गाउँपालिका पुग्नुभएका आचार्यले विभन्न वडाका मतदाता समक्ष भेटघाट गदैं जनताको विश्वासको मत र एमालेको ढृण संकल्पका कारण यस क्षेत्रमा विकासले गति लिएको दावी गर्नुभयो । आचार्यले समय अनुसारको विकासका लागि एमालेलाई चुन्न समेत आग्रह गर्नुभयो ।
उहाँले अव नयाँ अनुहार भित्रीएकोले जनताको जनमतलाई अझ थप उचाईमा लैजाने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवार आचार्यले अहिलेको समयमा एमाले गठबन्धनको हर्कत मूलुकको हित विपरीत भएको बताउदै गठबन्धनलाई मंसिर ४मा जनतालेनै पाठ सिकाउने बतानुभयो ।
निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा १ का प्रदेशसभा सदस्य पदका उम्मेदवार राज ुप्रसाद श्रेष्ठले युवाहरुको आर्थिक अवस्था सुधार गर्न कृषि, पशुपालनमा आधुनिकीकरण र ठूला स्वारोजगारका परियोजना संचालनको पहल कदमी लिने बतानुभएको छ । चुनावी प्रचार प्रसार अभियानमा रामपुराका विभिन्न स्थानमा पग्नुभएका श्रेष्ठले युवालाई स्वदेशमै बस्ने बतावरण निर्माणका लागि आफु क्रियाशील रहने समेत बताउनुभयो ।
अर्का निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार खेम बहादुर सारुले राजनीतिमा देखिएको वितृष्णा हटाउन आशाबादी काम गर्ने बताउनुभयो । चुनाव प्रचारका लागि आफ्नै जन्मथलो जल्पा क्षेत्रमा पुग्नुभएका सारुले आफ्नो माटोप्रति बेइमान नगर्ने बताउनुभयो । उम्मेदवार सारुले आफुलाई जन्माएर हुर्काएको माटोलाई साक्षी राखेर जनताको दुख सुखको साथी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।











