कार्तिक ७, पाल्पा
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सि
पल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो । आजको दिन घरको रक्षकको रुपमा मानिने कुकुर लाई फुमाला टिका लगाई मिठा मिठा खान दिएर कुकुर तिहार मनाइन्छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहिआएको छ ।
एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको कारण आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन झिलिमिली पारी लक्ष्मीको पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
(फोटो गुगल)











