पाल्पा ,५ कार्तिक
पाल्पाको पूर्वी फिडरमा शनिवारका दिन विद्युत अनियमित हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले शनिबार हागाँविगा काट्नका लागि विद्युत कटौती गर्ने जनाएको हो ।
प्राधिकरणले एक सूचना निकालेर पूर्वी फिडरको बगनासकाली, रम्भा, माथागढी र पूर्वखोला गाउँपालिका क्षेत्र भित्रका रुखका हाँगाले छोएका रुख कटान गर्नका लागि विद्युत अनियमित गर्न लागेको हो ।
प्राधिकरणले बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने एक सुचना मार्फत जनाएको छ ।












