कार्तिक ४
पाल्पाको माथागढीमा भुस्याहा कुकुरको टोकाइबाट घाइते २४ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको र बिहीबार दिउँशोदेखि बेलुकीसम्म भुस्याहा कुकुरको टाकाइबाट माथागढी गाउँपालिका वडा नं। १, २ र ३ का २८ जना घाइते भएका थिए ।
घाईते हुने मध्य ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते सबैको उपचार निशुल्क गरिने आफू घाइतेको अवस्था बुझ्न मिसन अस्पतालमा आएको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।












