पाल्पा ३ कार्तिक ।
पाल्पाको माथागढी गाउँपालिकाका विभिन्न स्थानमा बौलाहा कुकुरको बिगबिगी बढेको छ । यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा बौलाहा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयको जानकारी दिएका छन् ।
माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा बौलाहा कुकुरले टोकेर २८जना घाइते भएको वडाअध्यक्ष राजकुमार पन्थीले राष्ट्रिय न्युजलाई जानकारी गराएका हुन् ।
केही दिन देखि बौलाह कुकुरले घरगोठमा रहेको पशुचौपायाहरुलाई समेत आक्रमण गर्दे आएको र अहिले बौलाहा कुकुरले गर्दा यस क्षेत्रमा हिड्डुल गर्ने नहुने अबस्था भएको अध्यक्ष पन्थीको भनाई छ ।
वडा अध्यक्ष पन्थी र कसेनिका वडा सदस्य मान बहादुर रानाले कुकुरको टोकाइबाट घाइतेलाई समन्वय गरेर पाल्पा जिल्ला अस्पताल, मिसन अस्पताल पठाइएको छ । केही दिन सो क्षेत्रमा नागरिक तथा स्थानीय बासीलाई सचेत र सतर्क रहन माथागढी गाउँपालिकाले अनुरोध गरेको छ ।
कुकुर आतंकको समयमा सजक रहन अनुरोध गर्दै वडाध्यक्ष पन्थीले बौलाहा कुकुरको बिगबिगी रोक्न आबश्यक पहलकदमी भइरहेको र चाडै नै समाधान हुने जानकारी दिए ।













