पाल्पा १ कार्तिक
पाल्पा जिल्लामा सवै उम्मेदवारहरुको घरदैलो कार्यक्रम सुरु भैसकोको छ । पाल्पा जिल्लामा २ निर्वाचन क्षेत्र रहेको छ भने २ निर्वाचन क्षेत्रवाट ६ जना प्रतिनिधि यस पटकको चुनाववाट चुनिने छन् ।
घर दैलोकै क्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले यस अघि जितेर गएका संसदले प्रतिबद्धता अनुसार काम नगरेका कारण विकास हुन नसकेको बताउनुभएको छ । रिब्दीकोट गाउँपालिकाको सिद्धेश्वर र सर्देवाको घरदैलो अभियानका क्रममा नेता गैरेले यस्तो बताउनुभएको हो । नेता गैरेले गठबन्धनले स्थानीय स्तरका जन चाहना पूरा गर्न नसकेको र पदका लागि मात्रै अहिले सम्म राजनिति गरेकाहरु पुन सांसदका रुपमा उम्मेदवार भएर आएको बताउनुभयो । नेता गैरेले पदका लागि पार्टी छाड्ने नेताले अब जनताको हितमा केही काम नगर्ने बताउनुभयो ।
गैरेले साच्चिकै सिद्धेश्वर र सर्देवाको विकासका लागि एमालेका उम्मेदवारलाई सूर्यमा मत दिएर विजयी गराउन अपिल गर्नुभयो । अहिलेको सरकारले स्वास्थ्य बिमाबाट पाउने सुविधा रोकेको भन्दै गैरेले एमालेले जितेपछि बिमाबाट पाउने सुविधालाई पहिलो निर्णय गरेर निरंतरता दिने बताउनुभयो । भोट माग्न गाउँमा आउने त्यसपछि ५ वर्ष नफर्किने प्रवृत्तिको अन्त्य गर्ने नेता गैरेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार ओम बहादुर घर्तीले कचलमा गाविस अध्यक्ष र तिनाउ गाउँपालिकामा अध्यक्ष भएर काम गरेकाले पार्टीले प्रदेशको उम्मेदवार बनाएको बताउनुभयो । घर्तीले विगत ५ बर्षमा पाल्पाको सांसदले विभाजन बाहेक विकास नगरेको र ३० वर्षदेखि चुनाव लड्दै आएका पुराना नेतालाई पराजित गर्ने बताउनुभयो । नेता घर्तीले वडा कार्यालयबाट गाउँपालिका जाने बाटो, मनभाग जाने बाटोमा नयाँ ट्यांकी, चिसापानी लिफ्टिङ खानेपानी योजना पुरा गर्न प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।
एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतले ठाकुर गैरेको जन्म नै आन्दोलनका लागि भएको बताउनुभयो । राउतले विद्यार्थी नेता हुँदा शैक्षिक आन्दोलन गरेका र लिपुलेक कालापानी हाम्रो भूमि हो भन्ने आन्दोलनमा निडर भइ लडेका गैरेलाई यसपाली पाल्पाली जनताले विजयी बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला सचिव रामजी पोखरेलले धोखेबाजहरू अहिले हार्ने छन् र एमालेले बहुमतसहितको नेतृत्वमा सरकार बनाउने बताउनुभयो ।
यसैबीच पाल्पा निर्वाचन क्षेत्र नं. २ क को पनी घरदैलो अभियान निरन्तर चलेको छ । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई पनि चुनावी दौरानमा लाग्नु भएको छ । चुनावको प्रचार प्रसारको क्रममा आज उहाँ बगनासकाली गाउँपालिकाका मतदाता संग मत माग्नु भएको छ ।
यसै अवसरमा उहाँले पाल्पाको समग्र बिकासमा आफनो पहल रहने बताउनु भयो । घरदैलो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य देवी प्रसाद बस्याल, जिल्ला कमिटी सदस्य ढकेश्वर बस्याल, वडा नम्बर ३ वडा कमिटी अध्यक्ष केशव रायमाझी लगायतका कार्यकर्ताको संलग्नता रहेको थियो ।
पाल्पा निर्वाचन क्षेत्र न. १
पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवारहरुले पार्टी परिचालनसंगै घरदैलो कार्यकम सुरु गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठले रामपुर नगरपालिका वडा नं. ६ र ७ मा घरदैलो गरिरहेका छन् । लुम्बिनी प्रदेशसभा १ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले माथागढी गाउँपालिका ८ बहादुरपुरमा घरदैलो गरेका छन् । जनताको घरमा पुग्दा मतदाता उत्साहित बनेका छन् । उनीहरुले विकासलाइ गति दिन आग्रह गरे । उनीहरुले पूर्वीपाल्पाको विकास नेकपा एमालेनै गरेको बताउदै यसलाई अझ फराकिलो रुपमा लैजान आग्रह गरेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले बताए । उनले आगामी दिनमा जनताको जनभावना अनुसारनै काम गरिने बताए ।
क्षेत्र नं. १ अन्र्तगत रहेका पालिकाहरुमा नेकपा एमाले पालिका कमिटिको बैठकहरु पनि भइरहेको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको पालिका कमिटिको बैठक सकिएको छ । कार्तिक ३ गते रम्भा गाउँपालिका, कार्तिक ४ गते पूर्वखोला गाउँपालिका र कार्तिक ५ गते माथागढी गाउँपालिकामा गाउँकमिटिको बैठक तय गरिएको निर्वाचन परिचालन कमिटिको सदस्य नविन आचार्यले बताउनु भयो । क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनका लागी नेकपा एमाले ३ सय १ जना निर्वाचन परिचालन कमिटि गठन भएको छ । करिब २५ सय भन्दा बढी पार्टी सदस्य रहेको क्षेत्र नं. १ मा एमालेका उम्मेदवारलाई मंसिर ४ गतेको निर्वाचनमा भारी मतले विजय गराउन पार्टी एक ढिक्का भएर लागि परेको छ ।
एमाले पाल्पाका उम्मेदवारहरुलाई समाचारका लागि सम्पर्क गर्न निम्न मोबाइल न.मा डायल गर्न सकिन्छ ।
१ ,पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायाणप्रसाद आचार्य ९८५७०६०५८४
२ ,पाल्पा क्षेत्र नं. १ प्रदेशसभा १ सदस्य पदका उम्मेदवार राजुप्रसाद श्रेष्ठ ९८५७०६०५११
३, पाल्पा क्षेत्र नं. १ प्रदेशसभा २ सदस्य पदका उम्मेदवार खेमबहादुर सारु ९८५७०६०४४४
४, पाल्पा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरे ९८५७०६०९९८
५, पाल्पा क्षेत्र नं. २ प्रदेशसभा १ सदस्य पदका उम्मेदवार परशुराम भट्राई ९८५७०६५८३५
६ ,पाल्पा क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार ओमबहादुर घर्तीमगर ९८४७०२८४९५













