सुमन कार्की
कार्तिक १ पाल्पा ।
जिल्लाको सरोकार निकायले आफ्नो नियममीत अनुगमनलाई निरन्र्तता दिदै बजार अनुगमन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय ,तानसेन १४ वडा कार्यालय अर्गली पाल्पाको संयुक्त आयोजना साथै जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा सयुक्त तानसेन वडा नं.१४को अर्गली बजार क्षेत्र अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बजारमा होटल तथा किराना पसलका व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य वस्तु, विना लेबलीङका आद्य बस्तु, पेय पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको छ । संयुक्त अनुगमन टोलीले अर्गली बजारमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेजती जफत गरेको हो । होटल, खाद्यान्न तथा किराना पसल गरि ३७ वटामा अनुगमन गरि त्रुटी देखीएका र अखाद्य वस्तु भेटिएका व्यापारीहरुलाई सचेत समेत गराई व्यवसाय दर्ता गरि संचालन गर्दा हुने फाइदा वेफाइदा सम्वन्धी जानकारी समेत घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले गराउनु भएको हो ।
अनुगमन टोलीले रिब्दीकोटको जोर्ते देखि तानसेन १४को अर्गलीवजार सम्मका होटेल, खाद्यान्न तथा किराना पसलमा अनुगमन गरेको होे । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका विस्कुट,जुस, कुरकुरे, कुकिज, कोक, फेण्टा, स्प्राईट, सुजी ,मसला, लगाएतका सामग्री व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको, अखाद्यवस्तु भण्डारन छुट्टै नराखीएको र होटेहरुमा भान्साघर कतिपयको फोहर भेटिएको र पकाएर राखीएको खाना सफासंग छोपेर नराखीएको समेत भेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा मूल्यसूची टाँस नभएको, विना लेबलीङका खाद्य वस्तु विक्रीमा राखिएको, तौलकमका आफुखुशी खाद्यवस्तु प्याक गरी विक्रीकालागी राखीएको,पसल दर्ता नगरी सञ्चालन गरेको, होडिङ बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको र सो कम्जोरी तत्काल सुधार गर्नकोलागी व्यवसायीलाई सुझाव दिइ अर्को पटक पनी यस्तै भेटिएमा कार्वाइको भागीदारी हुनु पर्ने घरेलु तथा साना उद्योग कार्यालय पाल्पा उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो ।
घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको र बजार अनुगमनलाई चाडवाडमा मात्र नभई अन्य समयमा पनि नियमित गरिने तानसेन नगरपालिकाका सुचना अधिकृत भरत प्रसाद आचार्यले जानकारी दिनुभयो । ३७ वटा होटेल तथा पसलमा गरिएको अनुगमनमा २७ सय ४० रुपैंया बराबरको अखाद्य वस्तु जफतगरि सम्पूर्ण अनुगमन टोलीको रोहवरमा अर्गली प्रहरी चौकीमा नष्ट गरिएको र अगिल्लो अनुगमन को तुलनामा यस पटक व्यवसायीहरु सचेत रहेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।














