असोज ३१ पाल्पा
सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको हो । र सो दिन राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।













