पाल्पा २८ असोज
अरिंगाल वन्यो काल पोल्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।
गएराती तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
सारु साथी सँग शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिए।
गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका सारुलाई थानिय र दोभान प्रहरीचौकीको सहयोगमा उद्धार गरी उपचारको लागी बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । उपचारको क्रममा राति ११ बजे चिकित्सकले सारुलाई मृत घोषणा गरेको सुचना अधिकारी थापाले बताए।
सारु सँगै अरिंगाल पोल्न गएका सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना भने सकुशल छन्। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।












