असोज ३, पाल्पा ।
प्रथम जिल्ला स्तरीय एस.जी.व्याडमिन्टन कप २०७९ सम्पन्न भएको छ । एस.जी. स्पोट्स तानसेन पाल्पाले आयोजना गरेको व्याड्मिन्टन प्रतियोगीतामा जिल्ला भरिवाट ६२ टिमको सहभागीता रहेको थियो । प्रतियोगीता हिन्दुहरुको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा एस.जी.स्पोट्स एण्ड टेड नारायणस्थानको आयोजनामा प्रथम सी लेवल जिल्ला स्तरीय पुरुष डबल एस.जी.व्याडमिन्टन कप २०७९ बगनासकाली गाउँपालिकाको घोरवन्दा कबडहलमा सम्पन्न भएको कार्यक्रम संयोजक सुमित घिमिरेले जानकारी दिनु भयो ।
प्रतियोगीतामा प्रथम स्थान हरि आले र जनक रानाको जोडीले हात पार्न सफल भएको खेल संयोजक जिवन रायमाझीले जानकारी दिनु भयो । त्यस्तै द्धितिय स्थान दिपक भट्टराई र यादव थापाको जोडी र तेस्रो स्थानमा प्रदिप राना र टिका राना साथै अनिल दर्लामी र युवक खड्काको जोडीले हात पारेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीतामा उत्कृष्ट खेलाडी यादव थापा,उदयमान खेलाडी उज्वल डम्मरपाल,अनुशासित टिम मदन ढुंगाना र सुरज सारुको जोडी साथै वेस्ट स्माश दिल वहादुर थापाले हासिल गरेका थिए ।
प्रथम,द्धितीय र तितृय स्थान हासिल गर्नेलाई नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथी चिदीले कार्यक्रमको समापनमा वोल्दै आगामी दिनहरुमा यस्ता प्रतियोगीताहरु संचालन गर्दा पालिकाले पनि सहकार्य र समन्वय गर्ने वताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथी पाल्पा व्याडमिन्टन संघका अध्यक्ष बसन्त बज्राचार्यले यस्ता कार्यक्रमहरु वेला वेलामा गरिनु पर्ने, व्याडमिन्टल खेल, खेलको लागीमात्र नभई स्वास्थ्यकोलागी पनि फाइदा जनक रहेको वताउनु भयो ।
प्रतियोगीतामा जिल्लाका सवै पालिकावाट युवा तथा जिल्ला स्थीत सरकारी कार्यालयका कर्मचारीहरुको समेत सहभागीता थियो । आगामी दिनमा पनि जिल्ला स्तरीय एस.जी.व्याडमिन्टन कपलाई सञ्चालन गरिने आयोजकले जनाएको छ । 













