पाल्पा ३, असोज ।
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक खण्डको एक तर्फी बाटो खुलेको छ । विहान करि ८ः३० वजे देखि वाटो वन्द रहेको थियो । जिल्ला ट्राफिक कार्यालय पाल्पाको पहलमा सडक डिभिजन कार्यालय पाल्पाको डोजरले पहिरो सोरेर वाटो खुलाइएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनु भयो ।
एकतर्फी वाटो सुचारु भए संगै पाल्पा, वुटवल, पोखरा,गुल्मी जाने यात्रुहरु गन्तव्य तर्फ लागेका छन् ।













