

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य घटेको छ । छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो भने आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ।
शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।