काठमाडौँ– कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाएर दुईजना बेपत्ता भएका छन्।
आज बिहान नदी तर्ने क्रममा बगाउँदा एकै परिवारका दुईजना वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन ।उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन्।
उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पिपराले बताउनुभयो।













