स्याङ्जाको भिरकोट नगरपालिकाको नगरवासीलाई बैंक जान समस्या परेकोले नगरपालिकाले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
यहि असार १६ को नगरपालिकाको पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको हो । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएको व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको नगरप्रमुख गोविन्दकुमार कमाृचार्यले बताउनुभयो । अपाङ्गता र ज्येष्ठ नागरिकलाई गाउँबाट बैंकमा आउन समस्या भएको हुदाँ घर–घरमै लगेर भत्ता वितरण गरिएको हो । नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाकबा निर्वाचित वडाध्यक्ष तथा सदस्यको उपस्थितिमा भत्ता वितरण गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता घरैमा आएर वितरण गरेकोमा खुसि छन्, भने उहाँहरुको कुरा, गुनासो सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयना लैजान जनप्रतिनिधिलाई पनि सहज हुने बताए ।













