एजेन्सी- भारतमा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्युको भएको छ र १६ जना घाइते भएका छन् ।
उत्तर बंगालको कुचबिहार जिल्लाबाट पिकअप भ्यानमा बसी जल जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका कम्तीमा १० जनाको मृत्यु भएको छ।
घाइतेहरूलाई जलपाइगुडीको सुपर स्पेसलिटी अस्पतालमा भर्ना गरिएको छ।
डिजे बजाउन पिकअप भ्यानमा भएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको अनुमान गरिएको छ । प्रहरीले भ्यानको चालक फरार भएको छ र गाडीलाई नियन्त्रणमा लिगि घटनाको अनुसन्धान सुरु गरेको छ।
भ्यानमा सवार भएको सबै कन्वारिया सेतालकुचीका बासिन्दा थिए। दुर्घटनाबारे उनको परिवारलाई जानकारी गराइएको छ।











