पाल्पा श्रवण ३१ आइतबार पाल्पाको तानसेनमा, पाल्पामा रहेर विभिन्न सघं संस्थामा क्रियासिल महिलाहरुको वृहत भेला सम्पन्न भयो ।
भेलाले महिला, बालबालिका, युवा जेष्ठ नागरीक, शारिरीक रुपमा अशक्त, दलित, सिमान्तकृत, सामाजिक रुपमा पछाडी पारिएका वर्गको हकहितको लागि सारथी नेपाल नामक वैधानिक संस्था स्थापना गर्ने निर्णय गरेको छ । भेलाले नारायणी खनालको अध्यक्षतामा ११ सदस्यि तदर्थ समिति समेत गठन गरिएको छ । माननिय राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेको विषेश उपस्थितीमा भएको भेलाले राजनीतिक आस्था र राजनीतिक प्रभाव बिना महिला, बालबालिका तथा युवा वर्गको हितमा प्रतिबद्धताका साथ लागि पर्ने निर्णय समेत गरेको छ ।
भेलालाई सम्बोधन गर्दै माननिय संविधान सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सारथी नेपाल नाम जस्तै यो समाजको विकृति विसंगति चिर्नको लागि जनचेताको सारथी बनेर उदाउन सकोस भनेर शुभकामना दिनुभयो । उहाँले हजारौ सघंसस्थाको बीचमा अर्को एउटा संस्थाको नाम थपिनको लागि मात्र होइन संस्थालाई समाजको वासतविक सारथी बनाउनको लागि दरिलो हातेमाले गर्न महिला दिदी बहिनीहरुलाई आग्रह समेत गर्नुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्रि रमा घर्तीले विभिन्न संघ सस्थामा क्रियासिल पृथक आस्था भएका महिलाहरुले एउटै उद्देश्य लिएर एकबद्ध हुनु निक्कै श्रहानिय भएको बताउनु भयो । समाजको विकृति विसंगतिञहरुलाई चिर्दै महिला बालबालिका युवा तथा जेष्ठ नागरिकको वकालतमा लाग्ने सारथी नेपालको अभियानमा आफुले सधै सँगै हातेमालो गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग लुम्बिनी प्रदेश सदस्य विष्णुमाया थापाले पछिल्लो समयमा शिक्षा र प्रविधिको विकास सँगै महिला माथि हुने हिसां र दुव्यभारको विकाशले पनि आधुनिक रुप लिएको बताउनु भयो ।
तानसेन स्थित होटल सिम्रिकको सभाहलमा सम्पन्न भेलाले माननिय राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्रि रमा घर्ती, तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली सहितको संरक्षक समिति र पुर्व संविधान सभा सदस्य माननिय लिला सोमै, प्रदेश योजना आयोग सदस्य लुम्बिनी प्रदेशका विष्णुमाया थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य द्वय मञ्जु वि.क र लक्ष्मी विश्वकर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक भेषराज सुवेदी सहितको पाँच सदस्यि सल्लाहाकार समिति समेत गठन गरेको छ ।











