पाल्पा, ११ जेठ
तानसेन १३ केरवादी देखि बुटवल तर्फ लैजादै गरेको अवैध काठ वरामत भएको छ । लु १ ज २५११ नम्बरको वलेरो जीपकोे पछाडि अवैध रुपमा लैजादै गरेको सालको काठ र दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तानसेन ६ बसपार्क नजिकै चेक गर्ने क्रममा १३.४५ क्यु फिट बराबरको २४ गोलिया सालको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।













