पाल्पा – तानसेन बुटवल सडक खण्ड सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ बजे सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । पहिरोका कारण सवारीसाधन सडकमै रोकिएका छन् ।सडक डिभिजन कार्यालयको जेसीबीले पहिरो पन्छाउने काम भइरहेको र सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुई–तीन घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी गराउनुभयो ।













