पाल्पा – रम्भा गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ रम्भामा निर्वाचित हुनुभएको छ । भण्डारी र श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्षमा निर्वाचिन हुनुभएको हो ।
रम्भा गाउँपालिकाको अध्यक्षमा भण्डारीले ५ हजार ५ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । भण्डारीको प्रतिस्पर्धी गठबन्धन बाट नेकपा एकीकृत समाजवादीका दुर्गा अधिकारीले ४ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरि उपाध्यक्षमा श्रेष्ठले ५ हजार ७ सय १९ मत प्राप्त गरि विजयी गर्नुभएको छ। श्रेष्ठसँग प्रतिष्पर्धामा रहनुभएका नेपाली काङ्ग्रेसका विष्णुबहादुर थापाले ५ हजार ५८ मत प्राप्त गर्नुभएको थियो ।
रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा र वडा नं १ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।













