पाल्पा – पाल्पा जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दमकडामा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते भएका तिनाउ गाउँपालिका – ५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको उपचारका क्रममा आईतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार माथागढी गाउँपालिका–३ सराईबाट पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको बाँस्टारीतर्फ आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल गएराति ११ः ३० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक तिनाउ पाउँपालिका –५ मस्यामका २४ वर्षीय जनक राना सामान्य घाईते भएका छन । भने मोटरसाइकल पछाडि सवार रास्कोटी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते रास्कोटीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याईएकोमा आईतबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।













