पाल्पा,८ जेष्ठ
पाल्पाको १० पालिका मध्ये ९ वटाको मतगणना सार्वजनिक भैसक्दा पनि पाल्पाको रम्भा गाउपालिकाको भने अहिले सम्म मतगणना सार्वजनिक हुन सकेको छैन् ।
मतगणनाको क्रममा विवादका कारण बैशाख ३१ गतेदेखि गणना कार्य स्थगित भएको थियो । स्थगित मतगणना गत शनिवार विहान देखि बल्ल सुरु भएको थियो ।
यति खेर गाउँपालिकामा कडा सुरक्षा घेराभित्र मतगणना जारी छ । आइतबार बिहान १ बजे प्राप्त जानकारी अनुसार ५ वडा रहेको गाउँपालिकामा वडा नंं. १, वडा नं. ४ र वडा नं. ५ को मतगणना सकिएको छ ।
अहिले वडा नं. २ को मतगणना जारी छ । गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । त्यस्तै वडा नं. ४ र ५ मा भने नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।
वडा नं. २ मा १ हजार ७५१ मत खसेकोमा १ हजार ७०० मत गणना भईसकेको गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
गाउँपालिकामा वडा नं. ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएको थियो ।













