पाल्पा– रिब्दीकोट गाउँपालिकामा स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदवाहली गरे ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि निर्वाचित अध्यक्ष उपाध्यक्ष कान्ता अधिकारी, अध्यक्ष नारायण बहादुर कार्की सहितको जनप्रतिनिधिहरुले पदवाहली गरेको हो ।पदवाहली कार्यक्रम पछि अध्यक्ष कार्कीले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै समृद्ध रिब्दीकोट बनाउने अभियानमा काम गर्ने बताउनुभयो ।














