पाल्पा- पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकामा प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रको प्रतिक्षा सिँजाली ११ हजार १५१ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेको शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गर्नुभएको थियो ।













