पाल्पा – गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली गाहा विजयी भएका छन् । उपप्रमखमा रुख चिन्ह लिएर सिंजाली चुनावमा लडेकी थिईन् ।
कांग्रेसका नगर प्रमुख उम्मेदवार श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याएका थिए । श्रेष्ठले ८७९ मतको अन्तरले घिमिरेलाई पराजित गरेका हुन् ।
गठबन्धनबाट उपप्रमुखको उम्मेदवार रहेकी नेकपा माओवादीकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याई विजयी भएकी हुन् । उपप्रमुख सिंजालीकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत ल्याएकी थिन् । उपप्रमुखमा ७७९ मतको अन्तरले नेकपा एमालेकी श्रेष्ठ पराजित भएकी थिइन् ।
१४ वडा रहेको तानसेन नगरमा नगर प्रमुख र उपप्रमुख सहित १० वडामा गठबन्धनका उमेदवारहरुले जित हासिल गरेका छन् भने ४ वटा वडा नेकपा एमालेले जितेकोे छ ।
वडा नं १ बाट नेपाली कांग्रेसका सुनिल कुमार बस्याल, वडा नं २ बाट महेश्वरलाल श्रेष्ठ, वडा नं ३ बाट बाबुरत्न शाक्य, वडा नं ४ बाट हेमन्तराज शाक्य, वडा नं ५ बाट रामबहादुर रावल, वडा नं ६ बाट सागरमान महर्जन, वडा नं ७ प्रदिप खनाल, वडा नं ११ बाट यादव बहादुर कार्की, वडा नं १२ मेजर सिंह केसी र वडा नं १३ बाट टुक प्रसाद भट्टराई विजयी भएका छन ।
नेकपा एमालेका वडा नं ८ बाट सोमनाथ अर्याल, वडा नं ९ बाट राजेश कुमार अर्याल, वडा नं १० बाट हिमलाल पंगेनी र वडा नं १४ शोभाखर भट्टराई विजयी भएका छन् ।














