पाल्पा – पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत अवस्थामा भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
उनी वैशाख २२ गते पोखरा भ्रमणबाट फर्कि स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । अहमदको शवलाई पोष्मार्टका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













