पाल्पा – निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाल्पामा मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन सेल प्रमुख जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले बैशाख २७ गतेदेखि मतगणना नसकिँदासम्म कुनै पनि मानिसले मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवन गर्न नपाउने निर्णय गरेको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पाल्पा जिल्लाभर मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।













