पाल्पा- पाल्पा जिल्ला निस्दी गाउँपालिका १ लेकललाङमा एक शिशुको मृत्यु भएको छ ।
नवलपूर बौदीकालीका गाउँपालिका ४ दशरडाँडा बस्ने बेलमाया अस्लामीको छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानएको छ ।
बेलमायाका अनुसार उनले जन्माएको छोरी आफ्नो श्रीमान टिका बहादुरको नभई निस्दी गाउँपालिका- १ मा बस्ने दुर्गा बहादुर लुङ्गेलीकाे रहेकाे बताएका छन । दुर्गा र बेलमाया बिच नाजाएज सम्बन्ध भएको बताइएकाे छ । यो सब जानकारीपछि त्यही दिन राती ११ बजे छोरीको मृत्यु भएको उनले बताइन् । प्रहरीले शिशुको शव रामपुर अस्पतालमा पोष्टमार्टमको लागि पठाएको छ र यस घटना सम्बन्धि अझै थप अनुसन्धान भइरहेको छ ।













